Posts

Showing posts with the label revolution

कहाँ छ यो देश?

Image
यो देशमा— कहाँ छ विश्वास? कहाँ छ भरोसा? व्यापार व्यवसाय गर तिमी दलाल पुँजीपति। सरकारी कार्यालयमा जागिर खाउ तिमी भ्रष्ट कर्मचारी। राजनीतिमा लाग तिमी नेता र झोले। सामाजिक रुपान्तरणमा लाग, तिमी डलरे विदेशी एजेन्ट। जागिर मात्रै खाउ जोखिम तिमीले मोलेनौ। कहाँ छ यो देश? गर्ने के यहाँ? गुमेको त्यो विश्वास, त्यो भरोसा—  फर्किन्छ कसरी? रगतले लिप्त, विद्वंश पश्चात उदाएका  ती आशाका  झिना किरणहरू बलिदान, पीडा र वेदनाले जुर्मुराएका  ती आशाका  झिना किरणहरू कालो, अनाकान्टार अन्ध्येरो रात्री पश्चात उदाएका  ती झिना  आशाका  किरणहरू आगो र ज्वालाको आँधीबेरीलाई चिरेर उदाएका  ती झिना  आशाका  किरणहरू। रगतले सिँचित  ती आशाका किरणहरूमाथि, धावा नबोल! विश्वासको बिउसित  खेल नखेल्!